बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • बेलारुसद्वारा आफ्ना सेनालाई युक्रेन पठाईने
Breaking News

बेलारुसद्वारा आफ्ना सेनालाई युक्रेन पठाईने

 

बेलारुसले रुसी सेनालाई सघाउन आफ्ना सेनालाई युक्रेन पठाउने भएको छ । बेलारुसले युक्रेनमा आफ्नो फौज परिचालन गर्न सक्ने जानकारी प्राप्त भएको विभिन्न रिपोर्टलाई उदृत गर्दै बीबीसीले जनाएको छ । लामो समयदेखि रुसको साझेदारका रूपमा रहेको बेलारुसको उत्तरी सीमा युक्रेनसँग जोडिएको छ ।बेलारुसले आज नै आफ्ना सेना युक्रेन पठाउन सक्ने दाबी छ ।
यस्तै, युक्रेनको स्वतन्त्र सञ्चारमाध्यम द किएभ इन्डिपेन्डेन्टले विभिन्न स्रोतलाई उदृत गर्दै बेलारुसले सैनिक पठाउने तयारी गरेको जनाएको छ । रुसलाई सहयोग गर्न बेलारुसले परमाणु हतियार प्रयोग गर्न वा राख्नका लागि आफ्नो संविधान नै परिवर्तन गरेको छ । सोभियत युनियनको पूर्व सदस्य तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकै नजिकको सहयोगी बेलारुसले परमाणु हतियार बन्देज गर्ने संवैधानिक व्यवस्था नै परिवर्तन गरेको हो ।
जनमत सङ्ग्रहमार्फत बेलारुसले नयाँ संविधान लागू गर्ने निर्णय गरेको हो । नयाँ संविधानले बेलारुसलाई परमाणु हतियारविहीन राष्ट्रको पहिचान खारेज गरेको छ । अब बेलारुसले परमाणु हतियार राख्न पाउने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार