शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइयो
Breaking News

अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइयो

 

व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ । नस्ल सुधारका लागि पहिलो पटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गएको शुक्रवार नेपाल ल्याइएको हो ।
विश्व बैंकको सहयोगमा कृषि तथा पशुपक्षी मन्त्रालयको नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजनाअन्तर्गत मेट ग्रुपले ल्याएका ती साँढे अहिले खुमलटारमा रहेको पशु क्वरेण्टीनमा राखिएको छ । चार÷पाँच दिनपछि ती साँढे पोखराको लाम्पाटनमा रहेको राष्ट्रिय प्रजनन केन्द्रमा पठाइने आयोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत डा. केशव भट्टले जानकारी दिए । नौ महिनादेखि एक वर्षको वयस्क भएका ती साँढेबाट केही वर्षभित्रै नश्ल सुधार भइ देशभरि व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने उनकोे भनाइ छ । अमेरिकाबाट ल्याइएका साँढेबाट होल्स्टीन, जर्सी र स्थानीय जातका गाईलाई कृत्रिम गर्भाधान गराइसकेपछि त्यहाँ उत्पादन हुने सिमेन किसानलाई निःशुल्क रूपमा वितरण गरिने डा. भट्टले जानकारी दिए । अब नेपाली किसानले नस्ल सुधारपछि धेरै फाइदा लिन सक्ने र यसबाट उनीहरूको जीवनस्तरमा निकै सुधार आउने उनले विश्वास गरेका छन् ।
विदेशबाट पशु ल्याउनेसम्बन्धी स्पष्ट व्यवस्था नहुँदा र कोरोना महामारीका कारण झन्डै एक वर्षको प्रयासपछि मात्रै ती साँढे ल्याउन सकिएको मेट ग्रुपका प्रबन्धक निर्देशक सारिन केसीले बताए । उनले भने, सुरुमा अमेरिकाको सिकागोबाट बङ्गलादेश भएर ल्याउने प्रयास असफल भएपछि कोलकाता र दोहाबाट पनि कोसिस ग¥यौँ, सम्भव नभएपछि अन्तिममा नयाँ दिल्लीबाट नेपाल वायु सेवा निगमको विमानमार्फत ल्याउन सक्यौँ । जिउँदो पशुहरूको हकमा कुनै पनि विमानस्थलमा २४ घण्टाभन्दा बढी राख्न नपाइने प्रावधानका कारण पनि निकै समस्या झेल्नुपरेको उनले बताए । सुरुमा एक करोड ३० लाख रुपैयाँमा सम्झौता भएकामा ढिलासुस्तीका कारण खर्च बढेर दुई करोड रुपैयाँ पुगेको उनको भनाइ छ । प्रति साँढे १८ लाख रुपैयाँमा खरिद गरिएकामा पछि लागत बढ्न जाँदा झन्डै २६ लाख रुपैयाँ पर्न गएको छ । सम्झौता भएको रकमभन्दा घाटा नै खाएर साँढे नेपाल ल्याउन सफल भएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार