शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता सम्पन्न
Breaking News

प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता सम्पन्न

 

यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितमा तीव्र गतिका धावकको सूचीमा नेपाली सेनाका कृष्णबहादुर बस्नेतले नाम लेखाउन सफल हुनुभएको छ ।

सेना दिवसका अवसरमा आज आयोजित झण्डै ४२ किलोमिटर दूरीको म्याराथन दुई घण्टा १९ मिनेट ५७ सेकेन्डमा पूरा गरी बस्नेत पहिलो घोषित भएका छन् । पहिलो हुनुभएका बस्नेतले तीन लाख रुपैयाँ नगद र मोटरसाइकल पुरस्कारका साथै अमेरिकामा हुने वर्ल्ड च्याम्पियनशीपमा भाग लिने अवसरसमेत प्राप्त गरेका छन् ।

प्रतियोगितमा सेनाकै खड्गबहादुर खड्का दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका किरणसिंह बोगटी तेस्रो भएका छन् । प्रतियोगिताअन्तर्गत पुरुष हाफ म्याराथन प्रतियोगितामा जगेन्द्र राई प्रथम, दीपक अधिकारी द्वितीय र तीर्थकुमार पुन तृतीय भए । यसैगरी महिलातर्फको हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ प्रथम, राजपुरा पछाई द्वितीय र विश्वरुपा बुढा तृतीय भएका छन् । विजयी प्रतियोगीलाई प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा र युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीलगायतले नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार