शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • नेपाली राजनीतिमा छिटै नयाँ ध्रुवीकरण हुने : उपाध्यक्ष बादल
Breaking News

नेपाली राजनीतिमा छिटै नयाँ ध्रुवीकरण हुने : उपाध्यक्ष बादल

 

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेपाली राजनीतिमा छिटै नयाँ ध्रुवीकरण हुने बताएका छन् ।
नेकपा एमालेले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकी सहयोग परियोजना एमसीसीका कारण राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण हुने दावी गरे ।
‘यो स्वार्थले बनेको अवसरवादीहरुको गठबन्धन हो, अवसरवादीहरुले एमालेलाई एक्ल्याउन खोजेका थिए । एमसीसीकै कारण अबको एक दुई दिनमा गठबन्धन भत्किन्छ र, राष्ट्रिय राजनीतिमा ध्रुवीकरण हुन्छ’ उपध्यक्ष बादलले भने । बादलले अहिलेको सत्ता गठबन्धनलाई प्रतिक्रियावादी र अवसरवादीको संज्ञा दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार