शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • पछिल्लो २४ घण्टामा एक सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
Breaking News

पछिल्लो २४ घण्टामा एक सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

 

पछिल्लो २४ घण्टामा एक सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी पाँच हजार एक सय ५२ जनाको परीक्षण गरिएकोमा एक सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ४० जना संक्रमित निको भएका छन् । २४ घण्टामा दुई जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय ३४ जना पुगेको छ । अब नेपालमा आठ हजार आठ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एक लाख २९ हजार एक सय १९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो सहित नेपालमा अहिलेसम्म तीन करोड ६७ लाख ४३ हजार दुई सय ४२ मात्रा खोपको प्रयोग भएको छ । जसमध्ये एक करोड ८४ लाख ६९ हजार चार सय ४५ जनाले पहिलो मात्रा, एक करोड ७३ लाख ८२ हजार एकसय ३८ जनाले दुवै मात्रा र १० लाख ९१ हजार ६ सय ५९ जनाले अतिरिक्त मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार