बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • एमसीसीविरुद्धको प्रदर्शनमा आफूलाई छानी–छानी ढुङ्गा हाने:अध्यक्ष अोली
Breaking News

एमसीसीविरुद्धको प्रदर्शनमा आफूलाई छानी–छानी ढुङ्गा हाने:अध्यक्ष अोली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जोगाएर आफू बाटोमा हिँड्दा ढुङ्गा हानिएको टिप्पणी गरेका छन्।

आज शुक्रवार पोखरामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा ओलीले एमसीसीविरुद्धको प्रदर्शनमा आफूलाई छानी–छानी ढुङ्गा हानेको बताएका हुन्  । ‘तमासा पनि हदको हुन्छ नि, सरकारमा पनि उनै छन्’, उनले भने, ‘सरकारमा बस्नेहरूले कार्यकर्ता पठाएर सडक भत्काउन लगाउँछन् । प्रहरी देख्नै हुँदैन ढुङ्गा हान्न लगाउँछन् । मान्छे देख्नै हुँदैन ढुङ्गा हान्न लगाउँछन् । एमसीसी नेपालमा ल्याउन पाउँ भनेर आफू प्रधानमन्त्री हुँदा चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटामा हिँड्दा ढुङ्गा हान्दैनन् । ताली बजाउँछन् ।’  ओलीले फेरि अगाडि थपे, ‘त्यही बाबुराम भट्टराई एमसीसी अगाडि बढाउनुपर्छ भन्ने मान्छे हिँड्दा ढुङ्गा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुङ्गा हानिँदैन । टेबुल गरेका छन् सभामुखले, उनलाई ढुङ्गा हानिँदैन । म बाटाबाट हिँड्छु, ढुङ्गा हान्छन् ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार