बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • इण्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेट मार्च २६ तारिखदेखि सुरु हुने
Breaking News

इण्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेट मार्च २६ तारिखदेखि सुरु हुने

इण्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेट यही मार्च २६ तारिखदेखि सुरु हुनेभएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले यसको पुष्टि गरेको क्रिकेटसम्बन्धी जानकारी दिने क्रिकबजले लेखेको छ । हिजो बिहीवार बेलुकी बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकमा यो प्रतियोगिता मर्च २६ देखि मे २९ तारिखसम्म हुने निर्णय लिइएको जनाइएको छ ।

आईपीएलका खेलहरू भारतको मुम्बई र पुने सहरमा मात्र हुने आयोजकले जनाएको छ । यसमा ५५ खेल मुम्बई र १५ खेल पुनेमा हुनेछन् । आईपीएलकाे खेल तालिका भने सार्वजनिक भइसकेकाे छैन । यस पटक आईपीएलमा पहिलो पटक १० टोलीले सहभागी जनाउँदै छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार