बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
Breaking News

पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय २८ जनाको नमुना परीक्षण गर्दा दुई सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप पाँच सय ५५ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५५ हजार चार सय ५८ जना पुगेको छ । यही अवधिमा एक जना सङ्क्रमितकाे ज्यान गएकाे र याेसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ३२ जना पुगेको छ । अहिले नेपालमा नौ हजार दुई सय ८० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख २२ हजार चार सय ९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार