शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • देउवा र ओलीबीच जारी राजनीतिक गतिरोधलाई समुचित सहकार्यमार्फत निकास दिने सहमति
Breaking News

देउवा र ओलीबीच जारी राजनीतिक गतिरोधलाई समुचित सहकार्यमार्फत निकास दिने सहमति

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच जारी राजनीतिक गतिरोधलाई समुचित सहकार्यमार्फत निकास दिने सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संविधान निर्माणको बेलामा जस्तै ‘कांग्रेस(एमाले समझदारी’ जुटाउने सैद्धान्तिक सहमति बनेको हो । बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति एवं प्रधानमन्त्री देउवाले विगतमा मुलुकलाई निकास दिन कांग्रेस र एमालेले पटक(पटक सहकार्य गरेको स्मरण गराएका थिए । कांग्रेस नेताहरुले संसदबाट एमसीसी अनुमोदन गर्ने विषय घरेलु प्रतिष्ठाको मात्रै नभएर मुलुककै अन्तर्राष्ट्रिय विश्वसनीयताको पनि विषय भएकोले सहमतिका लागि प्रस्ताव गरेका थिए । ‘हिजो प्रतिपक्षमा हुँदा एमसीसी ल्याउनुस पास गर्छौ भनेकै हो । राष्ट्रिय महत्वको कुनैपनि विषयमा हामीले प्रतिपक्षमा हुँदा पनि असहयोग गरेका थिएनौ । त्यसैले एमालेबाट पनि हामीले सहयोगकै अपेक्षा गरेका हौं’, बैठकमा देउवाले भनेका थिए । कांग्रेस र एमालेको राजनीतिक अनुभवका आधारमा जारी गतिरोधलाई अन्त्य गर्नुपर्ने प्रधानमन्त्री देउवाको भनाईमा एमाले अध्यक्ष ओलीले सहमति जनाएका छन् ।
‘प्रधानमन्त्रीजीले भन्नुभएको यथार्थ हामी स्वीकार गर्छौ । निकासका लागि हामी बाधक बन्दैनौं तर अहिलेकै अवस्थामा एमाले संसदमा प्रवेश गर्ने वातावरण छैन । त्यो वातावरण बन्छ भने हामी अवरोध गर्दैनौ’, ओलीलाई उधृत गर्दै बैठकमा सहभागि एक नेताले भने । ती नेताका अनुसार ओलीसहित एमाले नेताहरुले ६ महिनादेखि संसद अवरुद्ध गरेको विषयमा निधो नगरी अगाडि बढ्न गार्हो हुने बताएका थिए । बैठकमा एमालेका माग कसरी पूरा गर्न सकिन्छ भन्नेमा पनि छलफल भएको थियो । ‘प्रधानमन्त्रीको जोड सदन सुचारु गरेर एमसीसी पारित गर्नेमा भएकोले एमालेले राखेका माग पूरा गर्ने विधि के होला रु भनेर सामान्य छलफल भएको छ । यद्यपि निष्कर्षमा पुगेका छैनौं । भोली बिहान अझ गहन छलफल गर्नेर्छौ’, बैठकमा सहभागि एक कांग्रेस नेताले भने ।

बैठकमा सहभागि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले दुवै पक्षले आ(आफ्ना धारणा राखेको र छलफल जारी राख्ने निर्णय भएको बताए । महामन्त्री गगन थापाले सहमतिका लागि दुवै पक्ष तयार रहेपनि सहकार्यका ‘स्टेपहरु’ तय हुन बाँकी रहेको छ । ‘हाम्रा बीचमा अहिलेको राजनीतिबारे गहन समिक्षा भएर यसको निकास खोज्ने कुरामा दुईमत छैन तर के(के गरेर जाने भन्नेमा छलफल र सहमति बन्न बाँकी नै छ’, थापाले भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार