बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • कांग्रेसलाई सघाएर गल्ती गरे: अध्यक्ष प्रचण्ड
Breaking News

कांग्रेसलाई सघाएर गल्ती गरे: अध्यक्ष प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई सघाएर गल्ती गरेको भन्दै आत्मसमीक्षा गरेका छन् ।एमाले अध्यक्ष ओलीसँगको भेटमा उनले आगामी निर्वाचनको नेतृत्व गर्न आग्रह गर्दै यस्तो बताएका हुन् । संसद भवनमा आज भएको एमाले र माओवादी केन्द्रको शीर्ष नेताहरुबीचको छलफलमा प्रचण्डले सो प्रस्ताव राखेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

भट्टराईले भने, ‘प्रचण्डले चाहिँ तपाईं (केपी शर्मा ओली) को नेतृत्वमा चुनाव गर्नुपर्यो। हामीले पहिला गल्ती गर्यौँ। कांग्रेसलाई सघायौँ। अब तपाईंले नेतृत्व गर्नुपर्यो। जनादेश त्यही नै हो ०७४ को भन्दै सहयोगको कुरा गर्नुभएको छ ।’ भट्टराईले माओवादी र एमाले मात्र मिलाएर बहुमत पनि नपुग्ने भन्दै अहिले सहकार्यका लागि आफूहरुलाई हतारो नभएको बताए ।

उनले अघि थपे, ‘मुख्य कुरा के हो भने, देशको बिग्रिएको राजनीति ट्र्याकमा आओस् र समयमै निर्वाचन होस् भन्ने नै एमालेको लाइन हो ।’ कांग्रेससँगको आजै बेलुकाको छलफलपछि बाँकी निर्णय तय हुने उनले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा र ओलीबीच पनि आजै दिउँसो संसद भवनमै भेट भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार