बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • रुसकाे आक्रमणबाट युक्रेनका ४० भन्दा बढी सैनिककाे ज्यान गयो
Breaking News

रुसकाे आक्रमणबाट युक्रेनका ४० भन्दा बढी सैनिककाे ज्यान गयो

रुसकाे आक्रमणबाट आफ्ना ४० भन्दा बढी सैनिककाे ज्यान गएकाे युक्रेनले जनाएको छ । रुसले गरेका बम आक्रमण, मिसाइल र रकेट आक्रमणमा परेर ४० भन्दा बढी सैनिक र केही सर्वसाधारणको ज्यान गएको युक्रेनी राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । स्थलमार्ग हुँदै रुसका सेना युक्रेन प्रवेश गरेका छन् । उत्तरमा बेलारुस, दक्षिणमा क्रिमिया, पूर्वमा खारखिभ र लुहान्सक लगायत धेरै ठाउँमा रुसी सेना प्रवेश गरेका युक्रेनका सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रुसको आक्रमणको डरका कारण लाखौँ युक्रेनी सहर छाडेर भागिरहेका छन् ।

यसैबीच युक्रेनले रुससँग कुटनीतिक सम्बन्ध तोडेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज बिहीवारको एउटा प्रेस ब्रिफिङमा बोल्दै रुससँगको कुटनीतिक सम्बन्ध तोडिएको बताएको बीबीसीले जनाएको छ ।
यस्तै राष्ट्रपति जेलेन्स्कीले देशको रक्षाका लागि देशभित्र हतियार माग्ने जो कोहीलाई उपलब्ध गराउने पनि बताएका छन् । रुससँगको तनाव बढ्दै गर्दा युक्रेनी नागरिकहरूले आधारभूत सैन्य तालिम लिइरहेका तस्बिर पनि सार्वजनिक भएको थियो ।

यसैबीच उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) ले रुसमा आक्रमणको तयारी गरेको छ । युक्रेनमाथि धावा बोलेर रुसले समग्र युरोपलाई नै अस्थिरतामा लैजान खोजेको भन्दै नाटोले रुसविरुद्ध आक्रमणको तयारी थालेको समाचार संस्था एएफपीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार