बुधबार, भदौ १९, २०८१
  • होमपेज
  • एमसीसीले सिङ्गो देश विभाजित भइरहेको: नेता खनालको भनाइ
Breaking News

एमसीसीले सिङ्गो देश विभाजित भइरहेको: नेता खनालको भनाइ

नेकपा (एकीकृत समाजवादी) का  नेता झलनाथ खनालले एमसीसीको कुरा सदनमा कहिल्यै नमिल्ने दाबी गरेका छन् । आज बिहीवार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा सांसद खनालले एकथरि महाशक्ति राष्ट्रको पछि लागिरहेको र अर्कोथरि देशको स्वाधीनता र स्वाभिमान बचाउन लागेकाले एमसीसीको कुरा कहिल्यै नमिल्ने दाबी गरे ।

उनले एमसीसीको विरुद्धमा अहिले सडकमा आन्दोलन र प्रदर्शन भइरहेको भन्दै अब सडक तात्ने मात्र नभइ बल्ने गरी आन्दोलन हुने चेतावनी दिए । सांसद खनालले अगाडि थपे, ‘एमसीसीले सिङ्गो देश विभाजित भइरहेको छ । पार्टीहरू विभाजित भइरहेका छन् । संसद् पनि विभाजित भइरहेको छ । यसलाई अझै विभाजित कसरी गर्ने भन्नेमै लागेको हो कि भन्ने लागिरहेको छ । नेताहरूले दुरदर्शी भएर सिङ्गो देशलाई आफ्नो ध्यानमा राखेर सम्पूर्ण जनतालाई एकताबद्ध बनाएर लैजानुपर्छ भन्ने प्रतिबद्धता उनीहरूले बिर्सिए भन्ने मलाई लाग्छ । हाम्रो पार्टी एकताबद्ध भएर जान्छ । पार्टीभित्र चिन्तनहरूमा तल–माथि हुनसक्छ । यो निर्णयमा हामी एकताबद्ध हुन्छौँ । गठबन्धन भत्कन्छन्, बन्छन् यी अस्थायी घटनाक्रम हुन् । देश, जनता, राष्ट्रको हितलाई कहिल्यै छोडिँदैन त्यसमा दृढतापूर्वक हामी अघि बढ्छौँ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार