आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • नेकपा एमालेका अध्यक्ष अोली र नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रचण्डबीच छलफल
Breaking News

नेकपा एमालेका अध्यक्ष अोली र नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रचण्डबीच छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सकिएलगत्तै ओली र प्रचण्डबीच अहिले छलफल भइरहेकाे हो । छलफलमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी छन् । यस्तै माओवादीको तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत सहभागी छन् ।

अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनका लागि माओवादी र एकीकृत समाजवादी पाटी तयार नभएपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग संवाद बढाएका छन् । यस्तो अवस्थामा ओली र प्रचण्डबीचको भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार