शनिबार, साउन १२, २०८१
  • होमपेज
  • पछिल्लो २४ घण्टामा देशभर तीन सय १२ जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि
Breaking News

पछिल्लो २४ घण्टामा देशभर तीन सय १२ जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर तीन सय १२ जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट आठ हजार ६ सय ९३ जनाको नमुना परीक्षण गरिएकोमा तीन सय १२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको तीन दशमलव ५८ प्रतिशतमा सङ्क्रमण पुष्टि हो ।
त्यस्तै २४ घण्टायता नौ सय ११ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै थप दुई जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ । नेपालमा अहिले १० हजार ९० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार