सोमवार, अशोज ७, २०८१
  • होमपेज
  • झण्डै २ खर्ब रुपैयाँ बराबरको पेट्रोलिय पदार्थ आयात
अर्थ

झण्डै २ खर्ब रुपैयाँ बराबरको पेट्रोलिय पदार्थ आयात

चालु आर्थिक वर्षको सात महिनामा नेपालले झण्डै २ खर्ब रुपैयाँ बराबरको पेट्रोलिय पदार्थ आयात गरेको छ ।भन्सार विभागले मंगलबार सार्वजनिक गरेको ७ महिनाको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांकअनुसार यस अवधिमा भारतीय आयल निगमबाट एक खर्ब ८२ अर्ब २ करोड ३८ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । जुन गत आर्थिक बर्षको समिक्षा अवधिको तुलनामा ८२ अर्बले बढी हो । गत वर्ष यही अवधिमा एक खर्ब ४७ करोड ४९ लाख रुपैयाँ बराबर खर्च भएको थियो ।

चालु आवको ७ महिनामा ३३ अर्ब ५६ करोडको पेट्रोल, ७२ अर्बको ९६ करोडको डिजेल, ३४ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्याँस र ६ अर्ब ४० करोड रुपैयाँ बराबरको हवाई इन्धन आयात भएको छ ।गत आवको समीक्ष अवधिमा १५ अर्ब ९६ करोडको पेट्रोल, ३९ अर्बको ७० करोडको डिजेल, १७ अर्ब २६ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्याँस र एक अर्ब ७६ करोड रुपैयाँ बराबरको हवाई इन्धन आयात भएको थियो

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार