बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • स्थानीय तहको चुनावमा विद्युतीय मेसिन प्रयोग नहुने सम्भावना उच्च
Breaking News

स्थानीय तहको चुनावमा विद्युतीय मेसिन प्रयोग नहुने सम्भावना उच्च

 

स्थानीय तहको चुनावमा विद्युतीय मेसिन प्रयोग नहुने सम्भावना देखिएको छ । निर्वाचन आयोगले मतपत्रकै प्रयोग गरी मतदान गराउन कागज खरिदका लागि टेन्डर समेत आह्वान गरेको छ । विद्युतीय मतदान प्रयोगबारे निर्वाचन आयोगले गठन गरेको उच्चस्तरीय विज्ञ टोलीले भने सकेसम्म विद्युतीय मेसिनबाट स्थानीय तहको चुनाव गराउन सुझाव दिएको थियो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार विद्युतीय मेसिनका लागि आवश्यक पर्ने आर्थिक स्रोत तथा देश बाहिरबाट खरिद गर्ने मेसिनको प्रमाणीकरणमा मुख्य समस्या छ । त्यसका साथै चुनावमा भाग लिने दलहरुबीच विद्युतीय मेसिन प्रयोगका लागि सहमति जुट्न पनि गाह्रो रहेको प्रमुख आयुक्त थपलियाले बताए

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा गठन भएको विज्ञ टोलीले विद्युतीय मतदानमा जानुपर्ने सुझावसहितको प्रतिवेदन एक हप्ताअघि आयोगलाई बुझाइसकेको छ । विज्ञ समूहले खर्च जोगिने भएकाले विद्युतीय मेसिन प्रयोग गर्न उपयुक्त हुने सिफारिस गरेको छ । तर आयोगले मतपत्रबाटै चुनाव गर्ने गरी सात सय मेट्रिक टन कागज खरिदको टेन्डर गरिसकेको छ । यसअघि केही राजनीतिक दलले पार्टीको महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार