बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सांसदहरुद्वारा लिभिङ टुगेदरसम्बन्धी कानुन बनाउन सुझाव
Breaking News

सांसदहरुद्वारा लिभिङ टुगेदरसम्बन्धी कानुन बनाउन सुझाव

 

नेपालमा लिभिङ टुगेदरको समस्या बढ्दै गएको भन्दै सांसदहरुले त्यसलाई सम्बोधन गर्ने गरी कानुन बनाउन सुझाव दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा उनीहरुले लिभिङ टुगेदरको समस्या सम्बोधन गर्ने गरी कानुन आवश्यक भएको बताएका हुन् । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले लिभिङ टुगेदर नेपालमा पनि प्रचलनको रुपमा अघि बढिसकेको र त्यसले वैवाहिक तथा घरेलु कानुनहरुलाई प्रभावित बनाएको बताइन् । कस्तो अवस्थामा लिभिङ टुगेदर बस्न पाउने र कस्तो अवस्थामा नपाउने भन्नेबारे स्पष्ट कानुन बनाउन जरुरी रहेको उनको भनाइ छ । त्यो ढंगबाट यदि कानुन बन्यो भने मात्रै विद्यमान कानुनहरु कार्यान्वयन गर्न सहज हुन्छ’ उनले भनिन् ।
नेकपा एमालेकी सांसद विन्दा पाण्डेले लिभिङ टुगेदरबारे शीर्ष नेताहरुको मानसिकता नै परिवर्तन हुन नसकेको बताइन् । लिभिङ टुगेदरको सन्दर्भमा प्रभावकारी कानुन निर्माण गर्नका लागि मूल नेतृत्वको मानसिकता नै परिवर्तन हुनुपर्ने उनको भनाइ छ । सांसद पाण्डेले लिभिङ टुगेदरमा बस्दा पनि ती व्यक्तिको रजिस्टे्रशन गर्नुपर्ने ढंगले कानुनी व्यवस्था गर्नुपर्ने बताइन् । ‘‘विवाह नभइकन पनि कोही लिभिङ टुगेदरमा बसेका छन् भने लिभिङ टुगेदर पनि कतै न कतै रजिस्टे्रशन हुनुपर्छ । बिना रजिस्टे्रशनको लिभिङ टुगेदरको कुराले समस्या बढाउन सक्छ’ उनले भनिन् । बैठकमा अधिवक्ता मोहनलाल आचार्यले दोस्रो विवाह गर्न नपाउने कानुनी व्यवस्था गरिएको तर लिभिङ टुगेदर बारे उल्लेख नभएको बताए । ‘लिभिङ टुगेदर अहिले निकै बढ्दै गएको देखिन्छ । दोस्रो विवाह गर्न नपाउने कानुनी व्यवस्था गरिएको छ । तर लिभिङ टुगेदर भइरहेकोमा त्यसलाई अपराधीकरण गर्ने रियलाइज गरिएन भने बढ्दै जाने र फेरि महिलाहरु नै बढी पीडित हुँदै जाने सम्भावना छ’ उनले भने । ्

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार