शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • बैतडीमा सोमबार अपरान्ह टिप्पर दुर्घटना हुँदा तीन जनाको ज्यान गयो,६ जना घाइते
Breaking News

बैतडीमा सोमबार अपरान्ह टिप्पर दुर्घटना हुँदा तीन जनाको ज्यान गयो,६ जना घाइते

बैतडीमा सोमबार अपरान्ह टिप्पर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अरु ६ जना घाइते भएका छन् । बैतडीको पाटन नगरपालिका–३, डबरामा काठ लिएर आउँदै गरेको टिप्पर दुर्घटना भएको हो। ज्यान गुमाउमा पाटन नगरपालिका ३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी रहेका इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
विष्ट र अवस्थी स्थानीय सिगास माविका विद्यार्थी हुन्। स्कुल सकेर घर फर्किरहेका विद्यार्थीहरु बीच बाटोमा टिप्परमा चढेका थिए। टिप्पर मोड्ने क्रममा अपरान्ह साढे ४ बजेतिर सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । घाइते विद्यार्थीलाई उपचारका लागि डडेल्धुरा पठाइको उनले बताए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार