शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • पछिल्लो २४ घण्टामा थप दुई सय ६२ जनामा सङ्क्रमण पुष्टि
Breaking News

पछिल्लो २४ घण्टामा थप दुई सय ६२ जनामा सङ्क्रमण पुष्टि

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार जनाभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय ३८ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार दुई सय ४४ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमणको तेस्रो लहर सुरु भएपछि गएको माघको दोस्रो हप्ता सक्रिय सङ्क्रमितको सङ्ख्या झन्डै एक लाख जनासम्म पुगेको छ । नेपालमा अहिलेसम्म नौ लाख ५१ हजार तीन सय ९४ जना निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन आरडीटी गरी नौ हजार आठ सय १५ जनाको नमुना परीक्षण गर्दा दुई सय ६२ जनामा सङ्क्रमण देखिएको छ । यही अवधिमा सङ्क्रमणबाट चार जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय २१ जना पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार