शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सरकारले अमेरिकी सहयोग एमसीसी सम्झौता संसदमा टेबल गरेकोमा नेपाल उद्योग परिसङ्घद्धारा स्वागत
अर्थ

सरकारले अमेरिकी सहयोग एमसीसी सम्झौता संसदमा टेबल गरेकोमा नेपाल उद्योग परिसङ्घद्धारा स्वागत

सरकारले अमेरिकी सहयोग एमसीसी सम्झौता संसदमा टेबल गरेकोमा नेपाल उद्योग परिसङ्घले स्वागत गरेको छ । परिसङ्घले आज आइतवार विज्ञप्ति निकालेर २०७४ भदौ २९ गते सरकार र एमसीसीबीच भएको सम्झौता संसदबाट अनुमोदन भइ कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्नेमा परिसङ्घ विश्वस्त रहेको जनाएको छ । साथै देशको आर्थिक विकासमा रणनीतिक महत्त्व दिने विद्युत् र सडक क्षेत्रको विकासका लागि यो सम्झौता महत्त्वपूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लामो छलफल र तयारीपछि नेपालले प्रस्ताव गरेका आयोजनाको कार्यान्वयन दिगो आर्थिक विकासका आधार हुन सक्ने, दिगो विकासका लक्ष्य हासिल गर्न र कोभिडपछिको आर्थिक पुनरोत्थानका लागि ठूलो लगानी चाहिने भएकाले एमसीसी जस्ता सहयोग परियोजना आवश्यक रहेको पनि विज्ञप्तिमा भनिएको छ । आयोजना कार्यान्वयन सुरु भएको मितिले पाँच वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने प्रावधानका कारण नेपालमा विकास व्यवस्थापनको नमुना समेत एमसीसी परियोजनाले प्रस्तुत गर्ने परिसङ्घले विश्वास व्यक्त गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार