शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • नेपाल चीन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने :महामन्त्री शर्मा
Breaking News

नेपाल चीन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने :महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे नबुझी विरोध प्रदर्शन नगर्न आग्रह गरेका छन् । झापाको बिर्तामोडमा सिके प्रसाईंको २८ औँ स्मृति दिवसमा आज आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारमा हुँदा होस् वा नहुँदा पनि एमसीसीबारे स्पस्ट धारणा राख्दै आएको बताए । सिके चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमसीसीलाई अहिले राष्ट्रघातको रूपमा हेरिए पनि २० वर्षपछि राष्ट्रिय आम्दानीको दर्भिलो स्रोत हुने दाबी गर्दै शर्माले भने, ‘एमसीसीको सहयोगबाट बिजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने हो । ट्रान्समिसन लाइनबाट भारतलाई बिजुली बेच्ने हो । तसर्थ भारतको समर्थन खोजिएको हो ।’
उनले नेपाल चीन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताएका छन् । उनले सैन्य रणनीति बाहेकका सबै देशको सहयोग स्वीकार गर्ने स्पष्ट पारे । ‘बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निवेदन हालेर एमसीसीको प्रक्रिया अघि बढेको हो’, शर्माले अगाडी थपे, ‘प्रक्रिया अघि बढाउँदा भीम रावल र नारायणकाजी श्रेष्ठ पनि सरकारमै थिए । अहिले त्यसको विरोध किन ? रावल र श्रेष्ठलाई म चुनौती दिन चाहन्छु, तपाईँहरू सरकारमा हुँदा प्रक्रिया अघि नबढेको भए म पद त्याग्न तयार छु । तपाईँहरू तयार हुनुहुन्छ ?’
उनले देशको समृद्धि र विकासका लागि सिके प्रसाईंको शालिनता र सिद्धान्तप्रतिको निष्ठालाई अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार