शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष कार्यक्रम गरियो
Breaking News

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष कार्यक्रम गरियो

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष कार्यक्रम गरिएको छ । प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिले टुँडिखेलमा विशेष समारोह गरेको हो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटालगायत सभागी भएका थिए । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गरी अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।
उनले प्रजातन्त्रकै जगमा लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन व्यवस्थासम्म आइपुगेको भन्दै अब सबै मिलेर थप सबल र सुदृढ बनाउन आवश्यक रहेकोमा जोड दिए । समारोहलाई उत्सवमय बनाउन नेपाली सेनाले दुई वटा हेलिकप्टरबाट पुष्पवृष्टि गरेको थियो । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले मार्चपास गरेका थिए । ७२औँ प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार