शनिबार, भदौ २९, २०८१
  • होमपेज
  • एमसीसी बखेडा : आलु हो कि पेडा ?
Breaking News

एमसीसी बखेडा : आलु हो कि पेडा ?

एमसीसीबारे के भनौं ? सबै बुद्धिजीवी, विद्वान
बरु सुन्नुहोस्, केही गाउँ खाने कथा र केही उखान ।

वनको बाघभन्दा ठूलो यहाँ, मनको बाघ भयो
भ्रमको खेतीले तिलको पहाड, बन्न गयो के हो ?

ताक परे तिवारी नत्र गोतामे विदेश नीति
नेपालबाहेक अन्यत्र पाइन्न सितिमिति ।

आफू नाच्न नजान्ने अनि आँगन टेढा
मेरै राष्ट्रवाद हो असली बाजेका पेडा ।

पहिले आफ्नै गाँठो बलियो नबनाउने
अनि छिमेकीलाई मात्रै दोष लगाउने ?

एक भाइ छ, जो खुर्सानीबिना भागै नबस्ने
ठूल्दाइ चाहिँ खुर्सानी भएको भान्सै नपस्ने !

पार्टीको स्वार्थमाथि राष्ट्र हित सदा राखियोस्
अराजकता फैलिई भाइ फुटे गवारा लुटे नहोस् ।

कूटनीति हाम्रो सदा असंलग्नै रहोस्
सर्प त मरोस् लठ्ठी पनि नभाँचियोस् ।

विष्णुप्रसाद जोशी

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार