शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोवल क्वालिफायरअन्तर्गत नेपाल र ओमानबीच खेल हुँदै
Breaking News

आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोवल क्वालिफायरअन्तर्गत नेपाल र ओमानबीच खेल हुँदै

आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोवल क्वालिफायरअन्तर्गत नेपाल र ओमानबीच खेल हुँदैछ । ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ ।
अघिल्लो साता चारदेशीय शृंखलाका क्रममा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । विश्वकप छनोटको समूह ए मा रहेका ८ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ । समूह–१ मा यूएई, आयरल्याण्ड, जर्मनी र बहराइन् छन् भने नेपाल रहेको समूह–२ मा ओमानसहित क्यानडा र फिलिपिन्स छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनलिष्ट दुई टोलीले सन् २०२२ को अन्तिममा अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपका लागि छनोट हुनेछ । नेपालले टी–२० वरीयताको आधारमा सिधै ग्लोबल छनोटमा स्थान बनाएको हो ।
नेपाल टी–२० वरीयतामा १३औँ स्थानमा छ । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप खेलेको थियो । नेपालले भोलि फिलिपिन्ससँग खेल्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार