शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सत्ता गठबन्धनको बैठक सकियो, सहमति भने आज पनि जुटेन
Breaking News

सत्ता गठबन्धनको बैठक सकियो, सहमति भने आज पनि जुटेन

अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक आज पनि विना निष्कर्ष सकिएको छ । एमसीसीका विषयमा सहमति खोज्नका लागि भन्दै बसेको बैठक निष्कर्षमा पुग्न सकेन । बैठक पर्सि फेरि बस्ने भएको छ । सत्ता गठबन्धनको हिजोको बैठकमा पनि सहमति जुट्न सकेको थिएन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजको संसद् बैठकमा एमसीसीलाई टेबल गर्ने तयारी गरेका छन्। तर, संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा बैठक दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसीसम्बन्धी एजेण्डाको विषय समावेश गरिएको छैन ।
सहमति नहुँदासम्म एमसीसीलाई अगाडि बढाउन सभामुख अग्नि सापकोटा पनि तयार नभएकाले आजको बैठकमा पनि एमसीसी टेबल हुने सम्भावना कम छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार