शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • देउवा र प्रचण्डबीचको आजको छलफल बिनानिष्कर्ष टुंगियो
Breaking News

देउवा र प्रचण्डबीचको आजको छलफल बिनानिष्कर्ष टुंगियो

सत्ता गठबन्धनका शीर्ष नेताद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। संसदमा एमसीसी टेबल गर्ने विषयमा मतभेद भइरहेका बेला दुई नेताबीच आज बिहान भेटवार्ता भएको हो। दुवै नेताको आ–आफ्नै अडानका कारण एमसिसी हिजो संसदमा टेबल हुन सकेन। प्रधानमन्त्री शेरबहादुर देउवा जसरी भए पनि एमसीसी पारित गर्ने पक्षमा छन् भने प्रचण्ड जसरी पनि रोक्न लागिपरेका छन्। आज भएको भेटमा एमसिसी निर्वाचनपछि सार्न प्रचण्डले दिएको दबाब देउवाले अस्वीकार गरेको स्रोतको दाबी छ । देउवाले भोलिको संसद् बैठकमा एमसिसी टेबल गराउने अडान नछाडेका कारण दुवै नेताबीचको छलफल बिनानिष्कर्ष टुंगिएको छ।
दुई नेताको छलफलपछि आज अपरान्ह तीन बजे बोलाइएको गठबन्धनको बैठक दुई घण्टापछि सारिएको छ। एमसिसीसँगको सम्झौता अनुमोदनको विषयमा देखिएको गतिरोध अन्त्यका लागि सत्ता गठबन्धन दलले आज निर्णायक छलफल गर्न लागेका हुन्। आफ्नो पार्टीको निर्णयअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौता अनुमोदनको प्रक्रिया सुरु गर्न खोजे पनि सत्तारूढ माओवादी केन्द्र र एकीकृत समाजवादीको विरोधपछि सो विषयले संसदमा प्रवेश पाएको छैन।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार