आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • प्रतिनिधि सभाको बैठक ६ गते शुक्रवार बस्ने,एमसीसीमा सहमति जुटाएर फागुन ६ गते टेबुल गर्छौं : कानुनमन्त्री बडु
Breaking News

प्रतिनिधि सभाको बैठक ६ गते शुक्रवार बस्ने,एमसीसीमा सहमति जुटाएर फागुन ६ गते टेबुल गर्छौं : कानुनमन्त्री बडु

प्रतिनिधि सभाको आज बुधवारको बैठक केहीबेर बसेर सकिएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेर बेल घेराउ गरेका थिए ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राज्य सञ्चालनका लागि आवश्यक पर्ने ४२ वटा विधेयक संसदमा विचाराधीन रहेको र लगातार बैठक अवरोध गर्दा नीति निर्माण तथा आम नागरिकका समस्या राख्ने थलो बन्धक भएकाले बैठक चल्न दिन आग्रह गरेका थिए । तर एमालेका सांसदहरूले एमालेले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले हटाउनुपर्ने, सभामुखले विगतमा गरेका गल्तीबारे माफी माग्नुपर्ने लगायतका माग गर्दै बैठकमा नाराबाजी गरिरहे । विधि र प्रक्रियाबाट पनि आफ्ना विरोध राख्न सकिने भएकाले संसद् बन्धक नबनाउन सभामुखले पटक–पटक आग्रह गरेका थिए । अर्को बैठक यही ६ गते शुक्रवार बस्ने भएको छ ।

यसैबिच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले दलहरुबीच सहमति जुटाएर अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी फागुन ६ गते संसद बैठकमा टेबुल गने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बडुले एमसीसी टेबुल गर्ने विषयमा दलहरुबीच थप छलफल आवश्यक परेकाले सहमति जुटाएर फागुन ६ गते पेश गर्ने बताएका हुन् ।
‘छलफलका निमित्त दलहरुका बीचमा केही समय चाहिन्छ भनेपछि दुई दिनमा थप सल्लाह र सहमति जुटाएर फागुन ६ गतेमा पेश गर्ने तयारी रहेको’ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार