शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • भोलि संसदमा एमसीसी टेबुल हुनेमा विश्वस्त:प्रधानमन्त्री देउवा
Breaking News

भोलि संसदमा एमसीसी टेबुल हुनेमा विश्वस्त:प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा उनले आफूले समामुख अग्निप्रसाद सापकोटासँग यस विषयमा परामर्श गरेको र एमसीसी सम्झौता टेबुल हुनेमा विश्वस्त रहेको बताएका कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए । ‘मैले सभामुखसँग यस विषयमा परामर्श गरेको छु र म भोलि टेबुल हुन्छ भन्ने कुरामा विश्वस्त छु भनेर सभापतिज्यूले भन्नुभएको छ’ उनले भने ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले संसदमा टेबुल भइसकेपछि सबै राजनीतिक दलले यो सम्झौताको पक्षमा अनुमोदन गर्ने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार