शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जान सकिँदैन:भुसाल
Breaking News

चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जान सकिँदैन:भुसाल

नेकपा एमालेको महाधिवेशनमा पराजित भएपछि पार्टीको निर्णायक भूमिकामा नरहेका भीम रावल र घनश्याम भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई नबोक्न नेतृत्वलाई सुझाव दिएका छन् । संसदीय दलको बैठकमा बोल्ने क्रममा रावल र भुसालले चुनावको मुखमा चोलेन्द्र र एमसीसी बोकेर जान नसकिने बताएका हुन् । अरु न्यायाधीशमाथिको महाअभियोगबारे पनि उनीहरुले सोचेरमात्र कदम चाल्नुपर्ने बताएका छन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै भुसालले भने– यो अवस्थामा चोलेन्द्रलाई बोक्नु हुँaदैन भनेका छौं । अध्यक्षले पनि सोचेर कदम चाल्छौं भन्नुभएको छ । चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जान सकिँदैन । बैठकमा रावलले एमसीसीको विरोधमा एमाले सशक्त रुपमा उभिनुपर्ने धारणा राखेका थिए । एमसीसीलाई पास हुन नदिने गरि एमाले अघि बढ्नुपर्ने धारणा आएको भुसालले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार