शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सत्ता गठबन्धनले अस्थिरता निम्त्याउन खोज्यौँ :अध्यक्ष ओली
Breaking News

सत्ता गठबन्धनले अस्थिरता निम्त्याउन खोज्यौँ :अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनले अस्थिरता निम्त्याउन खोजेको आरोप लगाएका छन्। एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अस्थिरताधारी शक्तिहरू, लोकतन्त्रलाई व्यवधान पुर्याउने खोजे। संविधान कार्यान्वयनमा असफल बनाउन लागिरहेका छन्।’
पाँच दलीय गठबन्धनले राजनीतिको अस्वाभाविक कृत्रिम र अस्वाभाविक ध्रुवीकरण गराएको आरोप लगाए।आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रस्तावमा गठबन्धनका ९८ जना सांसदको समर्थनमा महाभियोग प्रस्ताव गरेका गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार