सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश स्वतः निलम्बित
Breaking News

महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश स्वतः निलम्बित

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी पदबाट स्वतः निलम्बित भएका छन् । नेपालको संविधान धारा १०१ को उपधारा (२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएपछि स्वतः निलम्बनमा पर्ने उल्लेख छ । यसम्बन्धी पत्र सर्वोच्चमा पुगेपछि निलम्बनले औपचारिकता पाउने जनाईएको छ ।
आज बिहान ११ बजेर १० मिनेटमा संसदमा महाअभियोग दर्ता भएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारीदिए । महाअभियोगको प्रस्तावमा सांसदहरू पुष्पा भुषाल, देव गुरूङ र जीवनराम श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
महाअभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न अक्षम रहेकोसहित २१ वटा आरोप लगाइएको छ । सांसद देव गुरूङले प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त नगरेपछि महाअभियोग दर्ता गर्नुपरेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार