बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेपालमा थप एक हजार ८२६ जना कोरोना भाइरसको संक्रमणमुक्त
Breaking News

नेपालमा थप एक हजार ८२६ जना कोरोना भाइरसको संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेर एक हजार भन्दा तल झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट पछिल्लो २४ घण्टामा जम्मा ८३६ संक्रमण पुष्टि भएको छ ।
चार हजार २६० पीसीआर परीक्षणमा ४९१ जननना र दुई हजार ३९४ एन्टिजेन परीक्षणमा ३४५ जना गरी ८३६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण चार जनाले ज्यान गुमाएका छन् । त्यस्तै एक हजार ८२६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २६ हजार १०२ रहेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा २ लाख ८८ हजार आठ सय ३७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो सहित नेपालमा एक करोड ८२ लाख २० हजार आठ सय जनाले कम्तीमा एक मात्रा र एक करोड ६३ लाख २४ हजार ९ सय जनाले पूर्ण मात्रा खोप लगाएका छ । बुस्टर डोज लगाउनेको संख्या ७ लाख १३ हजार ९ सय जना पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार