देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जना संक्रमितको ज्यान गएकोे छ। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप दुई हजार ४ सय एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार १६ हजार तीन सय ५६ जनाको कोरोना परीक्षण गरिएको थियो। ७ हजार ७ सय ७७ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या घटे पनि मर्नेको संख्या भने बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु