शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • कोरोना सङ्क्रमणका कारण थप ११ जनाको ज्यान गयो,
Breaking News

कोरोना सङ्क्रमणका कारण थप ११ जनाको ज्यान गयो,

कोरोना सङ्क्रमणका कारण नेपालमा थप ११ जनाको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ३८ पुगेको छ । पछिल्ला दिनमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटे पनि ज्यान गुमाउनेको सङ्ख्या भने घटेको छैन ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय ९२ जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो विवरणमा व्यक्तिगत परीक्षण गरी एसएमएस र इमेलबाट प्राप्त जानकारी पनि समेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।थप पाँच हजार एक सय तीन जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा ३६ हजार एक सय ८१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ७३ हजार तीन सय ४९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार