बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • कोरोना सङ्क्रमणका कारण थप १३ जनाको ज्यान गयो, १५ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
Breaking News

कोरोना सङ्क्रमणका कारण थप १३ जनाको ज्यान गयो, १५ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा नेपालमा १३ जनाको ज्यान गएको छ । सङ्क्रमण पुष्टि हुने क्रम घटे पनि केही दिनयता ज्यान गुमाउनेको सङ्ख्या भने बढिरहेको छ ।आज थपिएका १३ जनासहित नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय २७ जना पुगेको छ ।

यस्तै थप एक हजार पाँच सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, आरडीटी र एन्टिजेन गरी ११ हजार तीन सय ६५ जनाको नमुना परीक्षण गर्दा १५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ६ हजार एक सय ४६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख १५ हजार चार सय ८९जना पुगेको छ । अहिले ४० हजार एक सय ११ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ७८ हजार पाँच सय ७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार