शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • देउवा सरकारका ६ महिना : १७७ किलोमिटर सडक कालोपत्रेदेखि मल खरिदमा तीन अर्ब विनियोजनसम्म
Breaking News

देउवा सरकारका ६ महिना : १७७ किलोमिटर सडक कालोपत्रेदेखि मल खरिदमा तीन अर्ब विनियोजनसम्म

काठमाडौं । सरकार गठन भएको ६ महिना पुगेपछि देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारका उपलब्धीहरू सार्वजनिक गरेका छन् ।

सरकार गठन भएपछि गरेका कामहरुको विवरण प्रस्तुत गर्दै उनले भने, ‘संघको कार्यक्षेत्रअन्तर्गत मुलुकभर १७७ किमी सडक कालोपत्रे भएको र २३ सडक पुल निर्माण भइ सञ्चालनमा आएका छन् ।’ उनले ८२ झोलुंगे पुल निर्माणसमेत भएको बताए ।

उनले निर्माणाधीन विमानस्थलको निर्माण कार्यसमेत अन्तिम चरणमा पुगेको बताए । ‘भैरहवा र पोखरा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘ अब यो वर्षभित्रै मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने कामसमेत भइरहेको छ ।’

कृषि उत्पादन तथा मल खाद आपूर्ति ९खरिद० लागि सरकारले वार्षिक बजेटमा थप तीन अर्ब रुपैयाँको व्यवस्था गरेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मल खाद आपूर्तिमा अपुग रकमको जोहो गर्दै सरकारले कृषि मल खादमा छुट्याइएको १२ अर्ब रुपैयाँको अनुदानमा थप तीन अर्ब थपि १५ अर्ब पुर्‍याएको बताए ।

यस्तै, समयमै आवश्यक मल खरिदका लागि सम्बन्धि निकायलाई निर्देशनसमेत गरिएको उनले बताए । सोही अवसरमा प्रधानमन्त्री देउवाले उखु किसानहरुको बाँकी बक्यौता भुक्तानीका लागि सम्बन्धि चिनी उद्योगहरुलाई पहल गरिरहेको र उखुको अनुदानका लागि हालै मात्र सरकारले ९० करोड रुपैयाँ समेत पठाइसकेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार