सोमवार, अशोज २८, २०८१
  • होमपेज
  • नेप्सेमा गिरावट : कारोबार भएकामध्ये १० उपसमूहको सेयर ओरालो
स्टक

नेप्सेमा गिरावट : कारोबार भएकामध्ये १० उपसमूहको सेयर ओरालो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.७३ अंकले ओरालो लागेर एक हजार ५६०.८३ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.८७ ले वृद्धि भई ३०९.६० मा पुगेको छ । कूल १९१ कम्पनीको ६९ लाख ९७ हजार ४२० कित्ता सेयर एक अर्ब ६९ करोड एक लाख ५४ हजार ५२५ बराबरमा कारोबार भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर उकालो लागेको छ भने दश उपसमूहको सेयर भने ओरालो लागेको छ । विकास बैंक २.२४ र वित्त ११.४१ ले वृद्धि हुँदा बैंकिङ ४.०३, व्यापार १४.६९, होटल १९.३९, जलविद्युत् २.९१, निर्जीवन बिमा ४९.८३, उत्पादन १९.६४, अन्य ०.१, लघुवित्त ७.६१, जीवन बिमा ५२.९१ र सामूहिक लगानी कोष ०.०५ ले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको नौ करोड ३२ लाख ६३ हजार ४५६ बराबरको कारोबार भयो ।

यस्तै नेपाल पुनर्बिमा कम्पनी छ करोड ४० लाख ३३ हजार ४४५, अरुण भ्याली हाइड्रोपावर कम्पनी पाँच करोड ९५ लाख ६३ हजार ८०५, प्रभु बैंक पाँच करोड २७ लाख आठ हजार ५२६, नेपाल लाइफ इन्सुरेन्स कम्पनी चार करोड ९९ लाख चार हजार ४५९ र कुमारी बैंक चार करोड ८३ लाख २० हजार ३४९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार