बिहिबार, भदौ २०, २०८१
  • होमपेज
  • कारागार अनुगमन गर्दै राष्ट्रिय मानवअधिकार आयोग
Breaking News

कारागार अनुगमन गर्दै राष्ट्रिय मानवअधिकार आयोग

चैत्र १२ देखि आयोगको टोलीले देशभरका २७ जिल्ला कारागारमा अनुगमन गरेको सदस्य सचिव पाठकको दाबी

कारागारको अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोगको टोली सुर्खेत आएको छ । सोमबार आयोगका सदस्य सुदिप पाठक सहितको टोलीले कारागार कार्यालय सुर्खेतको अनुगमन गरेको हो ।

कोरोनाभाइरसको समयमा सबैभन्दा बढी असर कारागारमा भएका कैदिबन्दीहरुलाई परेको भन्दै टोलीले देशभरका २७ वटा कारागारको अनुगमन गरी सोमबार सुर्खेत आइपुगेको हो । जिल्ला प्रसाशन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीश, प्रहरी प्रमुख, जेलर सहितको छलफलपछि टोलीले सुर्खेत कारागारको अनुगमन गरेको हो ।

योगका सदस्य सुदिप पाठकले सरकारले घरभित्रै बस्नु भनेको समयमा बन्दी जीवन बिताएकाहरुलाई यो समयमा समस्या भएको भन्दै उनीहरुको अवस्था बुझ्न अनुगमनमा हिँडेको बताए । ‘कैदीहरुको बसाइको व्यवस्था राम्रो हुनुपर्छ,’ उनले भने, ‘स्वास्थ्य सुरक्षाको सामग्री उनीहरुले पाएका छैनन् भने पाउनुपर्छ ।’ गत चैत्र १२ देखि आयोगको टोलीले देशभरका २७ जिल्ला कारागारमा अनुगमन गरसकेको पाठकले जानकारी दिए । उनका अनुसार देशभरका ७१ कारागारमा २४ हजार कैदीबन्दीहरु रहेका छन् ।

कारागार कार्यालय सुर्खेतकी जेलर लक्ष्मी खरेलले हालसम्म सुर्खेतका कुनै पनि कैदीबन्दीलाई कोरोना भाइरसको संक्रमण नदेखिएको जानकारी गराइन् । उनले कोरोनाबाट बच्ने उपायका बारेमा बन्दीहरुलाई बारम्बार बताउँदै आएको र परिवारका कुनै पनि सदस्यलाई भेट्न नदिइएको बताइन् । अदालतबाट थुनुवा आदेश भएकाहरुको समेत आरटी(पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टसहित पठाइने भएकाले पनि कारागारमा संक्रमण नफैलिएको खरेलले तर्क गरिन् । उनका अनुसार कारागार कार्यालय सुर्खेतमा २ सय ७८ जना कैदीबन्दी रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार