आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई सातौं पटक नियुक्ति
समाचार

ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई सातौं पटक नियुक्ति

आयल निगमको कार्यकारी अध्यक्ष हुँदा पनि चल्थ्यो उद्योग मन्त्रालयमा कोइरालाकै हालिमुहाली

सरकारले प्रा.डा. उपेन्द्र कोइरालालाई राष्ट्रिय बाणिज्य बैकको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उनलाई शुक्रबार बाणिज्य बैंकको सदस्यमा नियुक्त गरेका थिए । शुक्रबार सदस्यमा नियुक्त कोइरालालाई बैंकले भोलि (बुधबार) सञ्चालक समितिको बैठक राखी अध्यक्ष चयन गर्दैछ ।

वाणिज्य बैंकका अध्यक्ष निर्मलहरि अधिकारीलाई राजस्व बोर्डको सदस्यमा नियुक्ति गरी कोइरालालाई बैंकको अध्यक्ष चयन गर्न लागिएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी प्रा.डा. कोइराला सातौं पटक सरकारी नियुक्ति पाउने भाग्यमानी नेपाली हुन् । उनी २०५१ सालको तत्कालीन एमाले सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक भए ।

खाद्य संस्थानको महाप्रबन्धक भएपछि उनी महेन्द्र मोरङ बहुमुखी क्याम्पसको प्रमुख बनाइए । त्यसपछि विराटनगरकै स्नातकोत्तर क्याम्पसको प्रमुख भए । २०६१ मा ईश्वर पोखरेल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएको समयमा उनी आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भए ।

आयल निगमको कार्यकारीबाट कार्यकाल सकिएपछि बीचमा केही समय खाली बसे । त्यसपछि पुनः उनी उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्षमा नियुक्त भए । उच्च मावि शिक्षा परिषदको उपाध्यक्षबाट निवृत्त भएपछि केही समय राजेन्द्र खेतानको लक्ष्मी बैंकको अध्यक्ष भए ।

पुनः कोइरालालाई पोखरेलले मध्यपश्चिमान्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति दिलाए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको भीसीको कार्यकाल सकिएको केही महिनामात्र भएपछि उनलाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार