प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर दुर्गा भण्डारी (पौडेल)लाई नियुक्त गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले रोक लगाएको छ । सरकारले साउन ३० गते भण्डारीलाई सदस्यमा मनोनयन गरेर भदौ १ गतेको मन्त्रिपरिषद्बाट कार्यकारी अध्यक्ष तोकिएको थियो ।
यसका विरुद्ध प्रेस काउन्सिल बोर्डले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा अदालतले अन्तरिम आदेश जारी गरेर यो निर्णय कार्यान्वयनमा रोकेको हो ।
सर्वोच्चका न्यायाधीस ईश्वरप्रसाद खतिवडाको एकल इजालासले काउन्सिलका अध्यक्षका सन्दर्भमा परेको मुद्दासमेत विचाराधीन रहेको सन्दर्भमा प्रेस काउन्सिल ऐनका व्यवस्थाविपरीत नियुक्ति भएको भन्दै भण्डारीको नियुक्ति तत्काल कार्यान्वन नगर्न भनेको हो ।
फेसबुक प्रतिक्रियाहरु