बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • डोटीमा भारतबाट फर्केका करिब ४०० जना क्वारेण्टाइनमा
Breaking News

डोटीमा भारतबाट फर्केका करिब ४०० जना क्वारेण्टाइनमा

भारतका विभिन्न शहरबाट फर्केका तीन सय ९४ जनालाई डोटीको क्वारेण्टाइनमा राखिएको छ ।

भारतबाट आएकाहरुलाई क्वारेण्टाइमा राख्न नेपाल सरकारले दिएको निर्देशनअनुसार डोटीका नौ वटै स्थानीय तहमा तीन सय ९४ लाई क्वारेण्टाइनमा राखिएको हो ।हालसम्म जिल्लाका विभिन्न स्थानीय तहका २४ स्थानमा क्वारेण्टाइन स्थापना गरिएको स्वास्थ्य कार्यालय डोटीका कोरोनासम्बन्धी सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिए । विष्टका अनुसार हालसम्म स्थापना भएका क्वारेण्टाइनको कुल क्षमता पाँच सय १७ शय्या रहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार