नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन परिचालनका लागि सातै प्रदेशमा केन्द्रीय नेतालाई खटाएको छ । बिहीबार बसेको सचिवालय बैठकले स्थानीय तहको निर्वाचन अभियानका लागि सातवटा प्रदेशमा खटिने नेताको टुंगो लगाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमतीमा उपमहासचिव गंगालाल […]