सार्वजनिक लेखा समितिले आफनो २१औँ वार्षिक प्रतिवेदन पारित गरेको छ । सभापति भरतकुमार शाहले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन समितिको आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो । समितिले वर्षभरि गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले तयार गरिएको मस्यौदा प्रतिवेदनमाथि छलफल भइ पारित भएको समिति सचिव डा.रोजनाथ पाण्डले जानकारी दिए । उनले भने, ’बेरुजु […]