प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै देउवा भारत भ्रमणमा जान लागेको पुष्टि गरेको हो । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच चैत १९ गते भेटवार्ता हुनेछ । भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नेछन् […]