प्रिय सभापति ज्यू, जय नेपाल। यो पत्र कुनै औपचारिक निवेदन होइन, कुनै राजनीतिक भाषण पनि होइन। यो सुदूरको दुर्गम गाउँको एउटा झुपडीबाट उठेको दबिएको सास हो, वर्षौँदेखि मनभित्र थिचिएको पीडा हो र अझै मरेको छैन भन्ने आशाको अन्तिम आवाज हो। काङ्ग्रेसभित्र पुस्तान्तरण, नवीन सोच, नवीन ऊर्जा र रूपान्तरणको कुरा तपाईंले गर्न थालेपछि हामीजस्ता टाढा गाउँका, […]