शनिबार, साउन १२, २०८१

सरकारद्वारा सार्वजनिक गाडीको भाडा बढाउने निर्णय

सरकारले सार्वजनिक गाडीको भाडा बढाउने निर्णय गरेको छ । इन्धनको मूल्य बढेको भन्दै यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक गाडीको भाडा बढाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा भाडा बढाउन स्वीकृत गरेको हो । अहिले कायम भएको दरमा १० देखि १५ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको यातायात व्यवस्था विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिनुए । बढेको भाडाको विस्तृत विवरण आउँदो आइतवार प्रकाशन हुने जनाएको छ । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालवाहक तथा यात्रुवाहक गाडीमा मात्रै भाडा बढेको विभागले जनाएको छ । लोकल रुटको भाडा भने यथावत् नै रहेको छ ।

यस्तै अब इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटबढ भएमा त्यसअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय गरेको छ । असारयता डिजलको मूल्य ३४ प्रतिशत बढेको आधारमा अहिले नयाँ भाडा दर तय भएको विभागले जनाएको छ ।